काठमाडौं ।
आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो । गैँडा गणनाका लागि वनमन्त्री प्रेम आलेलगायत उच्च सरकारी पदाधिकारीहरू हात्तीको
बथानसहित चितवन राष्ट्रिय निकुञ्ज पुगेका छन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गैंडा गणना थालिनेछ । गणनामा प्रयोग गर्न ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ । गणनाका लागि चाहिने गणक, हात्ती
र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए । राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ । गणनामा ४० जना मुख्य गणक र बैकल्पिक २० जना सहभागी
हुनेछन । चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र चैत १९ देखि शुक्लाफाँटामा गणना गरिने छ । अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो ।
प्रकाशित मिति March 22, 2021