सोच्नै नसकिने गरि बढयो पेट्रोलियम पदार्थको मूल्य हेर्नुहोस नयाँ मुल्य

३ चैत, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य

प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । यो मूल्य समायोजन

पछि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५ डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने उनले बताए । अर्धमासिक रूपमा

निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए । सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने गरिने

उनले बताए । पछिल्ला महिनामा सरकारले पटक-पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ ।

प्रकाशित मिति March 16, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस