केपी खनाल भन्छन: ४३ लाख दिएँ बालगृह भन्छ: हामीले ३८ लाख मात्रै पायौं बाँकी खोइ ?

काठमाडौ ।

२०७४ फागुनबाट बाजुराको बालगृहका लागि अभियान सुरु गरेका खनालले विभिन्न स्कुल कलेजमा अभियानदेखि विभिन्न ठाउँमा कार्यक्रम गरेर निरन्तर रकम संकलन गरिरहेका थिए । विगत केही वर्ष यता आफूलाई ‘कान्छा अभियन्ता’ रुपमा प्रचार गरेका केपी खनाल ‘क्लिन काष्ठमण्डप’ नामक

अभियानबाट चर्चामा आएका हुन् । अछामको रामेरोशनमा जन्मिएका खनाल काठमाडौं आएसँगै अन्य केही सामाजिक अभियन्ताहरुको नजिक आएका थिए । उनीहरुकै बीचको सल्लाहबाट सुरु भएको ‘क्लिन काष्ठमडप’ अभियानलाई पछि केपीले आफ्नो बनाए । ‘सुरुवातमा हामी सबैले मिलेर त्यो

अभियानको सुरुवात गरेका थियौं,’ केपीसँगै सुरुवाती दिनमा अभियानमा लागेका अर्का अभियन्ताले भने, ‘तर, हामीसँगै हुँदा पनि उनको बानीदेखि उनले चर्चाको लागि अपनाउन खोजेको बाटोका कारण पछि उनले यो अभियानलाई एक्लो बनाए ।’ क्लिन काष्ठमण्डप अभियानलाई आफ्नो हातमा

लिएका खनालले त्यसपछि काठमाडौंका सडकमा आउने, फोहोर उठाउने र फेसबुक लाइभ गर्ने गर्थे ।अभियानमा लालबाबु पण्डित, बाबुराम भट्टराईलगायतका राजनीतिक व्यक्तिहरुलाई ल्याउन सकेपछि उनी एकाएक चर्चामा आए । यीनै अभियन्ताले आर्थिक हिसाबले सबैभन्दा बढि रकम संलकन

गरेको अभियान थियो, बाजुराको बालगृहको अभियान । उनले सामाजिक सञ्जालमा लाइभ आउँदै अभियानको लागि ‘५० लाखसम्म लाग्ने’ भन्दै प्रचार पनि गरिरहेका थिए ।२०७६ वैशाख २८ गतेसम्म उनले यो अभियानबाट ४२ लाख ५२ हजार १०८ रुपैयाँ संकलन गरेको भन्दै आफ्नै फेसबुकमा

सार्वजनिक गरेका छन् । रकम संकलन हुने अभियान भने त्यसपछि पनि केही समयसम्म चलेको थियो ।यीनै अभियन्तासँग कुरा गर्दा उनले बाजुराको अभियानमा ४३ लाख रुपैयाँ सहयोग गरिसकेको बताए । उनले भने, ‘हामीले एक वर्षमा बनाएर हस्तान्तरण गरेका थियौं । हामीले उठाएको पैसा ४३ लाख

थियो, त्यही हस्तान्तरण गर्‍यौं ।’ तर, बाजुराको बालगृहलाई सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष रहेका बहादुर थापाका अनुसार भने उनले हालसम्म ३८ लाख मात्रै दिएका छन् ।बालगृहमा ४० जना बालबालिका बस्ने क्षमता अनुसारका तीनवटा भवन रहेको अध्यक्ष थापा बताउँछन् । थापाकाअनुसार

प्रत्येक भवनमा ३ कोठा र एउटा हल छ । उनले भने, ‘निर्माण गर्दा तीनवटा भवन चार कोठाको बनाएका थियौं । हामीलाई केपी खनालले ३८ लाख रुपैयाँ दिइसकेका छन् ।’उनीसँग खनालले आफूले ४३ लाख दिएको भन्दै प्रचार गरिरहेको कुरा राख्दा उनले भने, ‘हामीलाई आजसम्म दिएको

३८ लाख मात्रै हो । मसँग एक एक हिसाब छ । अब उसले ४३ लाख दिएको भन्दै प्रचार गर्छ भने त्यो उसको कुरा भयो । त्यो उहाँसँगै सोध्नुहोस् ।’बालगृहको सम्पूर्ण भवन बनाउन ६१ लाख ९ हजार भन्दा बढि खर्च लागेको थापा बताउँछन् । यता केपी खनालले आफूले ५० लाख रुपैयाँ दिने भनेर प्रचार

गर्दै रकम संकलन गरेका थिए । तर, खनालले भनेअनुसारको रकम भने उनले बालगृहलाई नदिएको थापा बताउँछन् ।थापाले भने, ‘उनले हामीलाई ५० लाख रुपैयाँ दिन्छु भनेका थिए । तर, अहिलेसम्म ३८ लाख दिए । यहाँ जसो तसो बालगृह सञ्चालन गरिरहेका छौं । उनले दिन्छु भनेको पैसा अहिले

उठाउँदै होलान् ।’ थापा आफूले पाएको रकम ३८ लाख मात्रै भएकाले बाँकी रकम नदिएको र त्यो रकम खनालले अन्तै खर्च गरेको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘त्यो रकम उठाउँदा उनीहरु भारत गए, कता–कता गए । उसले गणेशलाई पैसा

दिएको भए त्यो उसको कुरा हो । तर, मसम्म आइपुगेको पैसा ३८ लाख रुपैयाँ मात्रै हो । उसले प्रत्येक पटक दिएको पैसाको हिसाब म सँग छ ।’

प्रकाशित मिति March 16, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस