अब प्रदेशहरु खारेज गरी, सय जनाको संसद र दस जनाको मात्रै मन्त्रिमण्डल हुने

काठमाडौ ।

नेपाललाई आर्थिक संकटबाट जोगाउनका लागि प्रदेशहरु खारेज गरी, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रि मण्डल बनाऔं, विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका

कारण नेपाल पनि ठूलो आर्थिक संकटमा पर्न सक्ने देखिन्छ । नेपालका लागि नेपाली अभियानका एक अभियान्ता समेत रहेका बालकृष्ण न्यौपानेले संकटबाट जोगिन प्रदेशहरुको खारेज

गरि सय जनाको संसद र दश सदस्यीय मन्त्रि मण्डल रहने प्रणालीमा जानुपर्ने तर्क अघि सारेका छन् । एक यूट्युव च्यानलमा बोल्दै उनले कोरोना महामारीले अहिलेको राजनीतिक

व्यवस्था र संविधानलाई संकटमा पारेको भन्दै अहिलेको संरचना आर्थिकरुपमा धानिन नसक्ने अवस्थामा पुगेको बताएका हुन् । न्यौपानेले अब वैदेशिक रोजगारीबाट विप्रेषण आयमा पनि कमी

हुने र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा पनि नआउने भएकाले १० जनाको मन्त्रिमण्डल, सय जनाको मात्रै संसद बनाउनुपर्ने भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने तर्क गरेका हुन् । त्यसो नगर्ने हो भने हात्तिलाई बोकाको दाना जस्तो हुने उनको तर्क रहेको छ ।

प्रकाशित मिति March 15, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस