जनताले साथ दिन्छन २० महिना पछि अझै दुईतिहाइ लिएर सिंहदरबार पस्छु: ओलि

काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनुभएको छ । शनिबार काठमाण्डाैमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट

हटाउन चुनौती दिनुभएको छ । कसैले हटाए पनि नेकपा(एमाले) बीस महिनापछि दुई तिहाई बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उहाँको भनाइ छ । ‘लगभग दुईतिहाइ लिएर सिंहदरबार पस्छौँ, २० महिना पछि । अहिले हटाउन

सक्छ कसैले भने हटाएर देखाओस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस्’ उहाँले भन्नुभयो, ‘बिस महिना पछि फेरि यो पार्टी,सूर्य चिन्हधारी पार्टी, नेकपा (एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि

पस्छ ।’ उहाँले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताउनुभयो । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने उहाँको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान पनि गर्नुभएको छ । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उहाँले बताउनुभयो । ‘हिजो हामी

केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिड्नु भएको थियो रे’ उहाँले भन्नुभयो, ‘प्रसस्त समय

रहोस् भनेर चैत ७ गतेलाई बैठक बोलाएको छु । अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ ।’ प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह

गर्नुभएको छ । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उहाँको भनाइ छ । यस्तै प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भए पनि आफूहरुले जस्तो काम गर्ने पार्टी कुनै नभएको दाबी समेत गर्नुभयो ।

प्रकाशित मिति March 13, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस