प्रधानमन्त्री ओलीले भोलिनै राजीनामा नदिए अनशन बस्‍ने डा. केसिको तयारी

काठमाडौ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन । डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने

चेतावनी दिएका हुन । प्रधानमन्त्री र शिक्षामन्त्रीले पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा सम्बन्धन दिन खोजेको आरोप पनि उनले लगाएका छन । ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर

चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो,’ विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने

कोसिस भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनुपर्ने, विश्वविद्यालयको उपकूलपति बनेर विश्व विद्यालयलाई नै अनियमितता र भ्रष्टाचारको अखडा बनाउने केयूका उपकुलपतिले

तत्काल राजीनामा दिनुपर्ने माग उनले राखेका छन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला । *****

प्रकाशित मिति March 12, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस