रामकुमारी झाँक्रीको गितको भिडियो ‘समयको भेलले हाम्लाई टाढा बनायो’ (भिडियो सहित)

मनोरञ्जन ।

रामकुमारी झाँक्री को भिडियो हेर्न तल जानुहोला । हामी सम्पुर्ण नेपाली ले राम कुमारी झाँक्री लाई नचिनेका प्राय कम नै होलान । युवा पुस्तामा आशा गरिएकी संघर्षशील, जिम्मेवार र भविष्य भएकी नेतृमा गनिन्थिन रामकुमारी झाँक्री ।

राजनीतिक आन्दोलनमा सक्रियता, नेतृत्व क्षमता र वाकपटुताले ४३ वर्षीय रामकुमारी झाँक्रीको कद उचो नै बनाइरहेको थियो । २०६२/०६३ को जनआन्दोलनमा सडकमा ढुंगा र लाठी खाँदै झाँक्रीले रत्नपार्क र बागबजारका गल्लीमा जसरी विद्यार्थी

आन्दोलनको नेतृत्व गरिन्, त्यसको पुरस्कार भनौ वा प्रतिफल थियो अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनु । विद्यार्थी राजनीतिको इतिहासमै झाँक्री पहिलो महिला अध्यक्ष बन्न सफल पनि भइन् । त्यसले पनि झनैै अपेक्षा बढाईदियो समाजको

झाँक्रीप्रति । पार्टीका हरेक गलत अभ्यासमा डटेर आलोचना गर्दा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको मुद्दा पनि उठ्न्थ्यो झाँक्रीहरुको अनुहार हेरेर । पुस्तान्तरणको ती मुद्दा उठाउनेहरु पनि झाँक्रीकै पुस्ता थिए । तर, परिस्थिति त्यस्तो रहेन ।

अहिले झाँक्रीका सार्वजनिक टिप्पणी फेसबुक, ट्वीटर र टिकटकमा जुन खालको अराजक, भाषाशैली र हाउभाउसहित प्रस्तुत हुन्छिन् त्यसले झाँक्रीको कदमात्र घटाइरहेको छ्रैन, युवा पुस्ताप्रतिको विश्वास पनि गुमाउँदै लगेको छ । हेर्नुहोस यो भिडियो ।

प्रकाशित मिति March 9, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस