प्रचण्ड-नेपाललाई ठूलो तनाव अचानक बाहिरिए घनश्याम भुसाल आखिर किन ? पूरा पढनुहोस

काठमाडौं, २४ फागुन ।

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको

भन्ने कारण भने प्राप्त भएको छैन । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरेका छन् । आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको

नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ ।

प्रकाशित मिति March 8, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस