जनताले होईन मैले बनाएको एमाले हो म छाडदिन जनताले केही गर्न सक्दैन: माधव नेपाल

काठमाडौं ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी

केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन । उनले सञ्चारकर्मी

हरुलाई प्रतिक्रिया दिँदै भने, ‘एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु र प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाबारे पार्टीमा

छलफल गर्ने बताएका छन् । आइतबार संसद बैठक बहिस्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपा एमाले आफूहरुले बनाएकाले पार्टीमा छलफल

गरेर अगाडि बढ्ने बताए । उनले आफूले बनाएको एमाले नछोड्ने अडान लिएका छन् । उनले केपी ओलीलाई अध्यक्ष नदिने पनि बताए । ‘नेकपा एमालेबनाउँने हामी, चलाउने

हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं,’ अध्यक्ष नेपालले भने ।

प्रकाशित मिति March 8, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस