खुसिको खबर: आज प्रहरीलाई १०० रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक पक्राउ

चितवन ।

चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन । शनिवार

गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं । ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका थिए ।

चितवन राईस मिल समितिको चलानी पत्र भित्र एक सय घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी

दिनुभयो । चालकले साथमा सवारी चालक अनुमती पत्र नरहेकोले मिलाइदिनु प-यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति March 7, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस