२३ गते ओलीले राजिनामा नदिए राजनीतिक दल मिलेर हटाइन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २३ गते भित्र राजिनामा दिएर राजनीतिक निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बुधबार कोरोनाविरुद्धको खोप

लगाइसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा अध्यक्ष प्रचण्डले केपी ओलीले अलिकति पनि जनता र राष्ट्रप्रति मूल्य मान्यता, लोकतन्त्रका सीमाहरुप्रति थोरै पनि संवेदनशील छन् भने भने २३ गते अगाडि राजिनामा दिएर नयाँ राजनीतिक

निकासको निम्ति सहज गरिदिन आग्रह गरेका हुन् । ‘उहाँले त्यसो गर्नु भएन भने राजनीतिक दलहरु मिलेर उहाँलाई हटाइन्छ । उहाँबाट अब यो देश चल्दैन । चल्न सक्दैन र चल्न दिनुहुन्न ।’ झण्डै साढे दुई महिनादेखि चुनौतीपूर्ण

अवस्थामा देश तथा नेपाली समाज गुज्रिरहेको अवस्थामा प्रधानमन्त्रीको संसद विघटनको कदम अलोकतान्त्रिक र असंबैधानिक भनेर सर्वोच्चद्धारा प्रमाणितसहित फैसला भइसकेकोले क्षणभर पनि केपी ओली प्रधानमन्त्री पदमा बस्न

नहुने उनले बताए । ‘विश्वव्यापी परम्परा र नैतिक मूल्य मान्यताको दृष्टिकोणले उहाँले राजिनामा दिएर देशलाई सहज निकास दिनुपर्ने हो तर कपी जीमा त्यो प्रवृत्ति थिएन, देखिएन ‘न्युनतम लज्जाबोध पनि उहाँलाई भएको छैन । उहाँ अझैपनि

मैले जिते जसरी हिँड्नु भएको छ । यो दुर्भाग्य हो ।’
। नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई

अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र

राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो । दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको

नेताहरुको दाबी छ । संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओलीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने भन्दै उनले अघि भने, ‘नदिए संविधान

कानूनअनुसार संसदाबाटै समाधान खोज्छौं ।’ त्यो भनेको अविश्वास प्रस्ताव ल्याउने हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अब त्यही बाटो जान उहाँले बाध्य पार्नुभएको छ । हामी त्यही बाटोमा जान्छौं ।’ यद्यपि प्रधानमन्त्रीको उम्मेदवारबारे आफूहरु

छलफलमै रहको उनले बताए । संसद विघटनविरुद्ध सडकमा गएका दलहरुसँग मुद्दाका आधारमा सहकार्य गर्ने भन्दै अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले भने, ‘सरकार बनाउने प्रक्रियामा पनि सहकार्य हुन्छ । हामी छलफलमा छौं, मलाई लाग्छ एक दुई दिनमै टुंगोमा पुग्छौं ।’

प्रकाशित मिति March 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस