काठमाडौ ।
प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेकपाको प्रचण्ड–नेपाल समुहका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ ।
एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट पास गरिने उहाले खुलाउनु भयो । नेकपा एक ढिक्का हुँदा बनेको कार्यदलको संयोजक रहनु भएका खनालले एमसीसी पारित
गर्ननहुने प्रतिवेदन बुझाउनु भएको थियो । आज विहान एक सञ्चारमाध्यमको कुराकानीका क्रममा उहाले भन्नुभयो, ‘एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई
नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ ।’ उहाँले अमेरिकामा सरकार परिवर्तन भएकाले एमसीसी पनि पहिलेको भन्दा तुलनात्मक रुपमा
परिमार्जन भएको दाबी गर्नुभयो । नेता खनालले ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने
बताउनुभयो । एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु ।’
प्रकाशित मिति March 5, 2021