काठमाडौं फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पिलो निचोरिएर जाँदैमा कुनै चिन्ता गर्नु नपर्ने बताएका छन् । आज बिहिबार सिन्धुलीको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास
गर्न सहभागी भएका ओलीले प्रचण्ड नेपाललाई संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । नेकपा पार्टी त्यस्तो रुख हो जसलाई हावाहुरीले हाँगा मात्रै भाच्न सक्छ रुख ढाल्न सक्दैन
भन्दै त्यस्तो हाँगा त फेरि पलाउँछ भनेका ओलीले प्रचण्ड नेपाललाई रुखको हाँगाको संज्ञा दिएका हुन् । सम्बोधनमा ओलीले महाभारतको युधिष्ठरको प्रसंगलाई जोड्दै भने,
‘स्वर्गतिर हिँड्दाखेरि युधिष्ठिरहरू हिमालतिर लागेछन् । पहिला शहदेव ढल्यो, अर्को नहकुल ढल्यो, अर्को अर्जुन ढल्यो, अर्को भीम ढल्यो, त्यसपछि युधिष्ठिर एक्लै भए, कहिले
कहिले एक्लै हुनुपर्छ ।’राजनीतिमा एउटा ढल्यो भने हजार वटा भएर निस्कन्छ । पिलो निचोरिँदैमा ओजन घटेको हुन्न । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।**
प्रकाशित मिति March 4, 2021