महानगरपालिका स्वास्थ्य महाशाखा संयोजक टेबुल माथि खुट्टा राखेर सुतेको भिडियो भयो भाईरल

काठमाडौ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक

भएको छ ।,, कार्कीले खुट्टा टेबलमा राखेको नजिकै उपमेयर इन्दीरा कार्कीको नेम प्लेट र नेपालको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर

हाम्रोमतले फेला पारेको हो । हुनत यस्तो हर्कत नौलो भने हैन पटक पटक आफ्नो कार्यलय समयमा सुत्ने धुम्रपान मध्यपान सेवन गर्ने दादागिरी देखाऊने जस्ता घटना सामाजिक

संजालमा आईरहन्छन । स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की छैटौं तहका अधिकृत हुन् । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भने महाशाखा प्रमुखको

जिम्मेवारीका लागि आठौं वा नवौं तहका अधिकृतले मात्रै गर्न सक्ने भएकोले उनलाई महाशाखाको संयोजकको रुपमा जिम्मेवारी दिएका थिए । महानगरका कर्मचारी स्रोतका अनुसार

कार्कीलाई महानगरभित्र एकलौटी काम गर्ने र कसैलाई नटेर्ने कर्मचारीको रुपमा लिइएको छ ।

प्रकाशित मिति March 4, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस