झुटो बिबरण देखाएर भारतको मान्छेलाई तल्लो जात बनाएर दिए नेपाली नागरिकता

काठमाडौ ।

भारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता झुठो विवरण पेश गरी दाङमा एक भारतीयले वंशजको आधारमा नेपाली नागरिकता लिएको खुलासा भएको छ । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भइ हाल घोराही उपमहानगरपालिका–१४ मा डेरा

गरी बस्ने २५ वर्षीय विशाल गुप्ता पटवाले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन । भारतीय नागरिक पटवाले २०७५ मंसिर २५ गते घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसले जिल्ला प्रशासन कार्यालय दाङबाट २०७५

मंसिर २५ गते नै वंशजको आधारमा नेपाली नागरिकता लिएको झण्डै डेढ वर्षपछि खुलेको हो । उनले घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गद्दा निवासी ५६ वर्षीय हिरालाल दमाईका जेठो छोरा मितबहादुर दमाईको नाममा नागरिकता लिएका हुन । मितबहादुर दमाई हिरालालका जेठा

छोरा हुन । उनी केही वर्षदेखि भारतमा रहेको बुझिएको छ । हिरालाल दमाइले भारतीय नागरिक पटवालाई आफ्नो छोरा बनाई नागरिकता दिलाइदिएका हुन । बंगलाचुली गाउँपालिका–३ बाट २०७० सालमा घोराही उपमहानगरपालिका–३ मा आएर बसेका हिरालाल दमाईले भारतीयलाई नागरिकता दिनकै लागि

२०७५ मंसिर १७ गते ५ वर्षपछि बसाइ सराइ ल्याएको र मंसिर २३ गते घोराही उपमहानगरपालिका–३ को वडा कार्यालयमा बसाइ सराई दर्ता गरेका थिए । त्यसपछि हिरालालको छोरो बनेर विशाल गुप्ताले २ दिनपछि वडा कार्यालयबाट अनुसूचि फाराम भरी मंसिर २५ गते नागरिकता

सिफारिस निकालेका थिए । उसैदिन भारतीय नागरिक विशाल गुप्ताले ९ दिनमै २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालयबाट ना.प्र.नं. ५२–०१–०७५–०४०५२ नम्वरको वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन । उनीसंग भारतीय विशिष्ट पहिचान प्राधिकरणले उपलव्ध गराएको

२७१६०७ नम्वरको आधार कार्ड पनि छ । गलत विवरण पेश गरी नागरिकता लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरीले गुप्ताको डेरामा २०७७ जेठ १३ गते छापामारी गुप्ताको नेपाली नागरिकता र भारतीय पहिचान कार्ड बरामद गरेको थियो । साथै आरोपित गुप्तालाई

पनि पक्राउ गरी मुद्धा चलाएकोमा जिल्ला अदालतले असार ८ गते पुर्पक्षका लागि कारागार चलान गरेको छ । झूठो विवरण पेश गरी भारतीयले नेपाली नागरिकता लिदा जिम्मेवारी पूरा नगरेको भन्दै प्रहरीले हिरालाल दमाईसहित घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद

चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, ना.सा.प्र त्रिपुरा खड्का र सामाजिक परिचालक लिला अधिकारीविरुद्ध पनि मुद्धा दर्ता गरेको छ । नागरिकता लिने विशाल गुप्ताबाहेक अरु पाँचै जना फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । आरोपित

पटवाले प्रहरीलाई आफू भारतीय नागरिक भएको र झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको स्वीकारी बयान दिएका छन । (यसरी बनाए बंशजको नागरिकता) भारतको उत्तरप्रदेश बलरामपुर उत्रौला घर भई केही वर्ष यता दाङको घोराहीमा मजदुरी गर्दै आएका २५ वर्षीय विशाल गुप्ताले चार

वर्ष अघि घोराहीकै सम्झना नेपालीसंग विहे गरे । नेपाली नागरिकसंग विहेपछि एउटा बच्चा जन्मियो । वच्चाको जन्मदर्ता र आफ्नो विवाह दर्ता गर्न खोज्दा भारतीय नागरिकसंगको विवाह दर्ता नहुने समस्या आएपछि गुप्ताकी श्रीमति सम्झना नेपालीले मित मामा नाता पर्ने घोराही–३ का हिरालाल

दमाईसंग पुगेर आफ्नो श्रीमानको नागरिकता जसरी पनि बनाइदिन आग्रह गरिन । भान्जीको आग्रहपछि हिरालाल दमाईले आफ्नो कान्छो छोराको ७ वर्ष अघि मृत्यु भइसकेको तर जन्मदर्ता भएकाले नागरिकता बनाइदिने भन्दै ढुक्क हुन आग्रह गरे । सोही अनुसार हिरालालले भारतीय नागरिक गुप्तालाई

आफ्नो छोरा बन्न लगाई स्थायी घर बंगलाचुली–३ बाट ०७५ मंसिर १७ गते बसाइ सराई ल्याएर मंसिर २३ गते घोराही उपमनपा–३ मा दर्ता गराए । त्यसको दुइदिनपछि मंसिर २५ गते वडा कार्यालयबाट भारतीय नागरिक विशाल गुप्तालाई छोरा बनाएर नागरिकताको सिफारिस निकालेर सोहीदिन जिल्ला

प्रशासन कार्यालयबाट वंशजको आधारमा गुप्तालाई नेपाली वंशजको नागरिकता उपलव्ध गराए । हिरालाल दमाईका तीन छोरामध्ये भारतीयलाई नागरिकता बनाईएका मितबहादुर दमाई जेठा छोरा हुन । झुठो विवरण पेश गरी नागरिकता लिएर प्रशासनिक काम चलाइरहेका बेला १८ महिनापछि प्रहरीले गोप्य सूचनाका आधारमा गुप्तालाई पक्राउ गरी कारवाही सुरु गरेको छ ।

प्रकाशित मिति March 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस