नेपालको भारतलाई चासो बीजेपी नेता भन्छन: ‘ओली ‘घर न घाट’ भएका छन’

काठमाडौ ।

नेपालमा जारी पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय राजनीतिक दलका नेताहरुले पनि बडो चासोका साथ हेरेका छन् । सर्वोच्च अदालतवाट फैसला आउनासाथ प्रतिकृया जनाएका भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन

स्वामीले थप अगाडी बढेर प्रधानमन्त्री ओलीका बारेमा प्रतिकृया दिएका छन् । उनले प्रधानमन्त्री ओलीलाई घर न घाटको भएको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले दिएको फैसला पछि खुसी ब्यक्त गरेका उनले अब भारतले चतुर कदम

चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने टिप्पणी गरेका छन् । भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने बताएका छन । भारतले नेपाललाई जहिले पनि

चीनवाट प्रभावित भएको भन्दै आरोप लगाउँदै आएको छ । नेपाललाई चीनको चश्मावाट हेर्दै आएको भारतका नेताले अब नेपालमा भारतले प्रभाव बढाउनुपर्ने तर्क गरेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो

अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जाल मार्फत बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन

सरकार बन्ने आंकलन गरेका छन् । ‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने

नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो ।

प्रकाशित मिति February 25, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस