पारसले छाडेपछि सोनिकाको बोली र ब्यवहार फेरीएछ, उनी सबैको प्यारी हुदै (भिडियो हेर्नुस)

काठमाडौ ।

युट्युवर तथा मोडल सोनिका रोकाय अहिले आफ्नै दुनियामा ब्यस्त छन् । उनले दिने अभिब्यक्ति भने कहिले काँही विवादित हुन्छ । पूर्वयुवराज पारस शाहसंगको सम्बन्धका कारण पनि उनी विवादित थिइन् । तर अहिले उनीहरु अलग भइसकेका

छन् । कोरोना जोखिमका कारण उनी लामो समय बझागं स्थित आफ्नो घरमा गएर बसेकी थिइन् । उनी त्यसबेला पनि निकै विवादित भइन् । अहिले आफु निकै खुसी जिवन बाँचिरहेको बताएकी छन् । उनले आफु जे गर्छिन त्यो खुसी

भएर गर्ने गरेको बताएकी छन् । आफुले अहिले जिवनको महत्व बुझेको पनि उनको भनाई छ । संगै रहेकी सोनिकाको आमाले छोरी प्रति गर्व गर्ने बताउँदा उनी भावुक भएकी थिइन् । सोनिकाले काठमाडौमा पार्लर संचालन गर्दै आएकी छन् ।

उनको पार्लर संचालन गरेको एक वर्ष हुन लागेको छ । नारी दिवसका दिन उनको पार्लर संचालनको एक वर्ष हुन लागेको हो । वार्षीक उत्सवमा उनले पूर्व मिस नेपाल उषा खड्कीलाई प्रमुख अतिथिको रुपमा बोलाएको बताइन् । उनले सानोमा

आमाको साथ र माया नपाएकाले माया के हो भन्ने महत्व आफुले बुझेको बताएकी छन् । उनले भनिन्, म सानो हुँदा आमाले मलाई सम्हालिन् अब आमा वृद्ध हुँदैछिन् त्यसैले यो बेलामा म आमालाई साथ दिन चाहन्छु । उनले आफुलाई हेर्ने

अरुको नजर प्रति भने कुनै गुनासो नभएको भनाई छ । मलाई जे लगाउन मन लाग्छ त्यही गर्छु, अरुले जे गर्न हुँदैन भन्दछन् मलाई त्यही गर्न मन पर्छ उनले भनिन् । उनले बझागं गएर बसेपछि भगवान छन् भन्ने कुराको अनुभुती भएको बताइन् ।

पारश हिमानीको सम्बन्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकि सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्रतिक्रिया दिएकी हुन् । समाजिक संजालमा पूर्वराजपरिवारको तस्बिर भाइरल भएपछि धेरैले ठट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै मजाक गरेका थिए ।

 

प्रकाशित मिति February 22, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस