चुनाव भयोभने ढुक्क हुनुहोस केपी ओलीले चुनाव हार्छन: गुरुङ

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेस म्याण्डेट लिन्छु भन्दा गलत नभएको बताएका छन । अहिलेको व्यवस्थालाई अझ मजबुत बनाउन ओलीले संसद विघटन गरेको गुरुङको भनाई छ ।

‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्ने स्थिति बनेन, ’उनले भने, ‘यो व्यवस्थाले भएन अझ मजबुत भएर काम गर्छु भन्ने लाग्यो भने जनताबाट निर्वाचित प्रधानमन्त्रीले मध्यावधि सिफारिस गर्न सक्छ । जन निर्वाचित प्रधानमन्त्रीले फ्रेस

म्याण्डेट लिन्छु भन्नु गलत होइन ।’ निर्वाचनमा जाँदा प्रधानमन्त्री ओलीले जित्ने ग्यारेन्टी नभएको पनि गुरुङले बताए । उनले भनेका छन्, ‘मध्यावधि निर्वाचनमा केपी ओलीले जित्नुहुन्छ भन्ने ग्यारेन्टी छैन नि, माधव-प्रचण्डले हार्नुहुन्छ भन्ने

पनि छैन । उहाँहरूले जितेर केपीले हार्न पनि सक्नुहुन्छ । जनतासँग जोडिने कुरा कुनै पनि हालतमा अलोकतान्त्रिक हुँदैन ।’ ‘उहाँहरू (प्रचण्ड-माधव) लाई छटपटी के भएको छ भने यस्तो अवस्था आउला भन्ने कल्पना थिएन । प्रधानमन्त्रीलाई

हटाइहाल्ने, आफू भइहाल्ने, प्रधानमन्त्रीको श्रीपेच लाइहाल्ने भन्ने दाउमा भएकालाई ठुलो चोट पुग्यो । कानुनविद्, संविधानविद्‌हरूले पनि पक्ष विपक्षमा बोलेको देखिन्छ,

संविधानविद्, कानुनविद्को आँखाबाट हेरेर कसैले बहस गरेको देखिँदैन,’ शिलापत्रलाई दिएको अन्तर्वार्तामा गुरुङले भनेका छन ।

प्रकाशित मिति February 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस