no-image

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्व-सांसद एवं नेतृ निरु पालले प्रदेश सभा खारेज गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएकी छन् । ‘संघीयता’ नामको सेतो हात्ती नेपालले धान्न नसक्ने

भन्दै उनले प्रदेशहरू खारेज गरेर बरू प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गर्नुपर्ने बताएकी हुन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रदेश

खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएकी छन् । ‘मलाई पार्टीले कारबाही गरे पनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठिकै छ सहुँला,’ पालले

लेखेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ । प्रधानमन्त्रीज्यू ! यो संघीयता नामको सेतो हात्ती

हाम्रो मुलुकले धान्दैन । मुठ्ठी भर नेता त खुसीँ छौँ, कोही मुख्यमन्त्री, कोही प्रदेशमन्त्री, कोही सांसद छौं । तलब-भत्तामै देशको ढुकुटी नसिध्याऔं !

प्रकाशित मिति February 20, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस