ईन्जिनियर पास भएर 1 करोड लागत मा तयार भएको भवन प्रतिक्रिया दिनुहोला

काठमाडौ ।

घोराही उपमहानगरपाालिकाको केन्द्र घोराही बजार देखि झण्डै ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँ । पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सरकारी तवरबाट योजना बुनिएको यो गाउँमा जिल्लामै पहिलो पटक नबिनतम् योजना छानियो ‘नाच घर ।’

दुई बर्ष अघि लुम्बिनी प्रदेश सरकारले छनौट गरेको यो योजना । यो घर निर्माणका लागि बजेट एक करोड । निर्माण कम्पनिका अनुसार आईतबार मात्रै निर्माण सम्पन्न भएको भनिएको यो घरको लागत भने निकै अस्वाभाविक देखिन्छ । सांस्कृतिक नाच घर हेर्न आएका चार जना स्थानीय महिलाहरुले घर प्रति कटाक्ष गर्दै भन्दै थिए ‘यो त बाख्राको खोर जस्तो पनि भएन ।’

भिरालो जमिन । एक्सकाभेटर प्रयोग गरेर सम्याईएको छ । पश्चिम तर्फको खाल्डो देखि सम्याईएको जमिनको सतह बराबर गर्नका लागि वाल उठाईएको छ । त्यहि वाल उठाउने क्रममा दुईवटा कोठा निर्माण गरिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यि दुई कोठा नाच्ने कलाकारहरुको ‘ड्रेस चेन्ज’ का लागि बनाईएका ‘डे«सिङ रुम’ हुन् ।

त्यहि वाल माथि नाच्नका लागि स्टेज निर्माण गरिएको छ । स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी बनाईएका छन् । यि ढुंगा जिल्ला भन्दा बाहिरबाट खरिद गरिएका अरे ।

‘दर्शक बस्ने पेटीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र पयूठानबाट ल्याईएका हुन्,’ यो घर निर्माणको निगरानी गरेका वन कार्यालयका ईन्जिनीयर कृतिसिङ जिसीले भने ‘ढुंगा खरिद अनि ढुवानीका लागि पनि महंगो पर्न गयो ।’ दर्शक बस्नका लागि निर्माण गरिएको थलोमा ओत छैन ।

घाम वा पानीलाई दर्शकहरुले कसरी छिचोल्ने ? स्थानीय महिलाहरुले भने ‘यस्तो बसेर कसले नाच हेर्छ, घामले छाला जान्छ ।’ नाच घर देखि पूर्व तिरको भिरालो जमिन बर्खायाममा उत्तिकै बाधक बन्ने देखिन्छ । बर्खायाममा पानी परेको अवस्थामा उक्त नाच घर सम्मै भेल बग्ने देखिन्छ ।

भौतिक संरचनाको बनोट र यसमा लागेको भनिएको लागत निकै अस्वाभाविक देखिएपनि यसको अनुगमनको जिम्मा पाएको वन कार्यालयले भने निर्माण लागतमा केहि तलमाथि नभएको दाबी गर्छ । भिरालो जमिन सम्याउन, पश्चिम तर्फबाट वाल उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो खर्च लागेको वनको दाबी छ ।

‘पश्चिम तर्फको खाल्डोबाट पूर्व तर्फको जमिनको सतह सम्म बराबर बनाउँदा धेरै खर्च लागेको छ,’वन कार्यालयका ईन्जिनीयर जिसी भन्छन् ‘त्यो अरसिसि वालमा मात्रै ४० लाख रुपैयाँ जति खर्च भएको छ ।’

यसैगरि उनका अनुसार स्टेजमा प्रयोग गरिएका ‘प्यूठानी’ ढुंगा अधिक महंगा हुन् । ‘प्यूठानी ढुंगा प्रयोग भएका छन्,’ उनले भने ‘महंगो यो ढुंगा खरिद र ढुवानीमा पनि धेरै कस्ट लाग्न पुग्यो ।’ यसैगरि स्टेजको ओतमा प्रयोग भएको छानो पनि उत्तिकै महंगो पर्न भएको उनको भनाई छ ।

यो छानोमा प्रयोग भएको ‘मेटेरियल’ काठमाडौँबाट ल्याईएको उनले वताए । यसैगरि उक्त स्थानमा पानीको ब्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नु पर्ने भएकाले रकम महंगो परेको उनको भनाई छ । ‘त्यो स्थानमा पानी छैन, निर्माणका लागि प्रयोग गरिएको पानी पनि घोराही बजारबाटै ढुवानी गरियो,’ जिसीले भने ‘त्यो ठाउँमा घर निर्माण गर्नका लागि भौगोलिक असुविधाले पनि खर्च स्वाभाविकै बढि पर्न गएको हो ।’

नाच घर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भैसक्यो तर यो घरले पूर्णता भने पाईसकेको छैन । फलतः यो बर्ष थप ६० लाख रुपैयाँ बजेट विनियोजन भैसकेको छ । नाच हेर्नका लागि जाने दर्शकहरुका शौचालय निर्माण लगाएत दर्शक बस्ने थलो थप बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ ।

‘पुरुष र महिलाका लागि छुट्टा छुट्टै शौचालय निर्माण गरिने छ,’ निर्माण कम्पनिका प्रतिनिधिले भने ‘अनि भिराले स्थान भएकाले दर्शकको सुरक्षाका लागि बार लगाईने छ, भने दर्शकहरु बस्ने थलोलाई थप बिस्तार गरिने छ ।’

प्रकाशित मिति February 20, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस