म महिनावारी भएको बेला भाइटीका लगाएँ, छोइछाइ चलन आफैं हटाए: स्वस्तिमा (भिडियो सहित)

रोचक ।

महिनावारीका कुरा

अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन । त्यो बेला उनी पन्ध्र वर्षकी थिइन । मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन । वास्तविकता भने उनको सोचभन्दा

तितो थियो । उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो । घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन । उनलाई महिनावारी प्रक्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने

कुराहरू थाहा थियो । अज्ञात त समाजका अन्धविश्वासबारे थिइन । ‘महिनावारीको भएको महशुस हुँदा आमालाई भन्न डराएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन । त्यही कारणले पहिलोपटक महिनावारीमा

सामना गर्नुपर्ने रोकतोकले अत्ताएको थियो ।’ बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो । केही समय बिराएर आमा भेट्न आउँदा भक्कानो छोडेर रून्थिन । बुबा र भाइलाई देख्न नपाउँदाको पीडा बेग्लै ।

छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति यातना बनेको थियो । यसको प्रभावले उनका पछिका दिन फेरिए । पहिलोपटक बार्नु परेको अनुभवका डरले उनले घरमा महिनावारी भएको कुरा भन्नै छाडिन । बाँकी भिडियो मा

प्रकाशित मिति February 20, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस