अब बाबुराम जि र म फेरि एउटै ढिक्का भएर देशलाई पुरै परिवर्तन ल्याउछौ ढुक्क हुनुहोस: प्रचण्ड

काठमाडौ ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ शनिबार सार्वजनिक भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल

दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो । विमोचन समारोहले प्रचण्ड र भट्टराईलाई एउटै

मञ्चमा लामो समयपछि भेट गराएको छ । ‘गुमनाम आमाहरूको कथा’ पढेपछि हिजोका स्मरण ताजा भएको प्रचण्डले बताए । पुस्तक विमोचनपछि धारणा राख्दै प्रचण्डले

बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताए । प्रचण्डले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं । तर, मुद्दा र

एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं ।’ इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए । ‘हामीलाई

इतिहासले अलग हुन दिँदैन । ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन्,’ उनले भने । ‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनाहरूलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको प्रचण्डले बताए ।

प्रकाशित मिति February 16, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस