स्वास्थ गम्भीर भएपछि नेता खनाल दिल्ली जाँदै

काठमाडौँ ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे

नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने

उनले बताए । नेता खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार हुनेछ ।केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान

चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ । खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन ।

प्रकाशित मिति February 12, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस