ब्रेकिङ: काठमाडौँ प्रवेश गरेलगत्तै रामकुमारी झाँक्री पक्राऊ आखिर किन ? पूरा हेर्नुहोस

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला बाग्लुङ छिन् । आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति

विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री

बादललाई समेत बुझाएका छन् । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढिरहेको छ । झाँक्रीलाई माथिबाटै पक्राऊ गर्ने निर्देशन आएको प्रहरीका एक उच्च

अधिकारीले बताए । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी गरिएको बुझिएको छ । देश दौडाहामा रहेकी झाँक्री बुधबार काठमाडौं आउने बुझिएको छ । उनीमाथि

राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेको भन्ने आरोप छ । गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारी लाई बडामहारानी भनेकी छिन् । उनले भनेकी थिइन्,

‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु- निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा

आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

प्रकाशित मिति February 9, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस