हेर्दै जानुहोस अब के के हुन्छ, अहिले भन्दिन त्यही बेला थाहा हुन्छ: प्रचण्ड

काठमाडौं ।

आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागेपछि प्रतिगनकारीका सबै ‘सेटिङ’ भत्किने चेतावनी दिएका छन । प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी

शर्मा ओलीले आफ्नो प्रतिगामी यात्रा सफल पार्न सर्वाेच्च अदालतसम्म सेटिङ मिलाएको भन्ने चर्चा चलिहरहेका बेला अध्यक्ष प्रचण्डले जनताको शक्तिले ती सबै विफल पार्ने

चेतावनी दिएका हुन । आज बिहान ललितपुरमा आयोजित पत्रकारसँग अन्तरक्रियामा उनले भने, ‘सबैभन्दा ठूलो सेटिङ त जनता हो जनता उठेपछि सबै सेटिङ भन्त्किन्छ ।’ अदालत र

निर्वाचन आयोगतिर लक्ष्य गर्दै उनले अगाडि भने, ‘जनताको (चाहना) अनुसार काम गर्छन्, नगरे कयामत हुन्छ। के के हुन्छ अहिले भन्दिनँ, त्यही बेला हुन्छ ।’ अध्यक्ष प्रचण्डले

अहिले जारी आन्दोलन युवा पुस्तासँग जोडिएको पनि बताए । संसद् विघटन भएयता सबै दलसँग सहकार्य भइरहेको उल्लेख गर्दै उनले अब चाँडै संयुक्त आन्दोलन हुने दाबी गरे ।

‘यसबीचमा माधव नेपाल र म लगातार छलफलमा छौं,’ उनले भने, ‘असंवैधानिक, अलोकतान्त्रिक कदमलाई करेक्सन गर्न संयुक्त अन्दोलनका लागि आधार दिएको छ ।’ हिजो

बिहीबार आमहडतालका दिन पनि प्रचण्डले फागुनको पहिलो हप्ता संयुक्त आन्दोलन हुने र ओली शासन अन्त्य हुने दाबी गरेका थिए ।

प्रकाशित मिति February 9, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस