काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ । अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी
गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील गरेका हुन् । आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै
प्रचण्डले बताएका छन् । ‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु,’
प्रचण्डले भनेका छन् । यसैगरी नेपालले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक संजाल मा भएका कुनै पनि पैसा लिने भन्ने
समाचार झुटा हुन तेसैले एस्ता समाचार हरु नपत्याउन को लागि हार्दिक अनुरोध गरिन्छ ।
प्रकाशित मिति February 9, 2021