काठमाडौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । शुक्रबार
ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो । तर, केपीको नियत
जालझेल मात्रै रहेछ ।’ उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए । उनले सात दशक लडेर ल्याएको
संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे । ‘देश अँध्यारो सुरुङमा गयो ओलीका कारण । वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका
थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलन गयांै ।’
प्रकाशित मिति February 6, 2021