केपी ओली भगवान हाे, सम्पुर्ण नेपालीहरुले उहाँको पूजा गर्नुपर्छ: महेश बस्नेत

रामेछाप ।

नेकपाका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड, माधव नेपाल र झलनाथ पशुपतिनाथ बाहिरका भोलेनाथ भएको बताएका छन । रामेछापको सदरमुकाम मन्थलीमा युवा संघ नेपाल र अनेरास्ववियूले आयोजना गरेको बृहत युवा विद्यार्थी

भेलालाई सम्वोधन गर्दै बस्नेतले यस्तो बताएका हुन । पशुपतिनाथको बाहिर कोही हनुमान बनेर पुच्छर हालेर हिँडेका हुन्छन्, कोही शिवको मुखण्डो लगाएर पैसा मागेर हिँडेका हुन्छन्, मानिसलाई झुक्याइरहेका हुन्छन्, तिनीहरुलाई हामी

भोलेनाथ भन्छौँ’, बस्नेतले भने । केपी ओली पशुपतिनाथ गएकोमा समेत केही मुद्दा नपाएकाले विरोध गरेको बस्नेतले बताए । बस्नेतले भने, ‘केपी ओली पशुपतिनाथ गएको मात्र होइन, उहाँ नेपालको राजनीतिको पशुपतिनाथ नै हो, केपी

ओली नै पशुपतिनाथ हो, हामी उहाँको श्रद्धा गर्छौं र सबैले गर्नु पर्छ ।’ केपी ओलीले नेपाली जनताको आस्था रहेका सबै भगवानलाई सम्मान जनाउन पशुपतिनाथ गएका बस्नेतले बताए। केपी ओलीले नेपाली जनतालाई आफ्नो आस्थाका भगवान

ठानेको बस्नेतले बताए । नेपाली जनताको सामाजिक सद्भाव केपी ओलीले हिजोदेखि जोगाउँदै आएको उनको भनाइ छ । राष्ट्रिय स्वाधिनताको पक्षमा उभिए वापत केपी ओलीले राजीनामा दिनु पर्ने ? भन्दै बस्नेतले प्रश्न गरे । उनले केपी

ओली सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता बचाउने नेता भएको पनि बताए । राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधान बचाए वापत केपी ओलीले राजीनामा दिनु पर्ने ? भन्दै उनले प्रश्न गरे । केपी ओलीको ब्राण्डले नै नेपालको

कम्युनिष्ट आन्दोलन बचेको बस्नेतले दावी गरे । केपी ओलीले माधव नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई प्रधानमन्त्री बनाएर ससम्मान बिदा हुन खोज्दा ओलीलाई जवरजस्ती निकाल्न खोजिएको बस्नेतले आरोप लगाए ।

प्रकाशित मिति February 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस