अब संकटकाल लाग्छ ? प्रचण्ड समूह नेपाली सेना एकाएक सडकमा

काठमाडौ ।

प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेकै दिन संकटकालकै झल्को दिनेगरी नेपाली सेनाले बख्तरबन्द गाडीहरुलाई बुटवलका सडकमा घुमाएको छ । पूर्वजानकारी विनै बख्तरबन्द गाडीहरु

घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरु अचम्ममा परेका थिए । सेनाले बख्तरबन्द गाडि देखाएर डराउन खोजेको एक बन्दकर्ताले बताए । बुटवल बेसक्याम्पबाट

निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । यसबारे भने आन्तरिक जानकारी आफूहरुलाई भएको नेपाल प्रहरीका एक जवानले बताए ।

‘हामीलाई थाहा थियो ।’ उनले भने–‘आन्तरिक सर्कुलेसन भएको थियो ।’ आर्मीले यसबारेमा केही बोलेको छैन । मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय

भने आँशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।

प्रकाशित मिति February 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस