‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन’ म के गरम ? प्रधानमन्त्री ओली

काठमाडौं ।

कोभिड-१९ विरुद्धको खोप अभियानको भर्चुअल रूपमा उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका छन् । उनले टिचिङमा रहेको खोप

केन्द्रको निरीक्षण गरी स्वास्थ्यकर्मीसँग खोपका विषयमा जिज्ञासा राखेका छन् । उनले खोप अभियानबारे अस्पतालको तयारीबारे अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेसँग बिफ्रिङ

लिए । शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लले लगायतले कोभिड खोप लगाइसकेका छन् । अस्पतालमा खोप अभियान र तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्रीले खोप

लगाइरहेको खोप केन्द्र पुगेर खोप कार्यकतासँग पनि कुराकानी गरेका थिए । उनले ठट्याैली पारामा भने, ‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन ।’ यति भन्दै उनी

टिचिङ अस्पतालबाट बाहिएका थिए । प्रधानमन्त्री ओली स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलगायतसँग टिचिङ पुगेका थिए । आजदेखि देशव्यापी रूपमा कोभिड विरुद्ध खोप

अभियान सुरु भएको छ । प्रधानमन्त्री ओलीले खोप अभियानको सुरु गरेका हुन् ।

प्रकाशित मिति February 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस