डा. गोविन्द केसी स्वास्थ्य क्षेत्र छाडेर राजनीतिमा प्रवेश (सहि वा गलत ?)

काठमाडौं, माघ ।

स्वास्थ्य क्षेत्रको अभियान्ता भनेर प्रचार गरिदै आएका डा. गोविन्द केसी राजनीतिमा प्रवेश गर्नुभएको छ । उहाले स्वास्थ्य क्षेत्रका समस्या छाडेर राजनीतिक मुद्दामा अनसन शुरु गर्न लागेका हुन् ।

सर्वोच्च अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटन मुद्दा र संवैधानिक नियुक्तिको विषयलाई उठाएर उन अनसन बस्न लागेका हुन् । १९ औं चरणसम्म अनसन बसिसकेका डा.

केसी फागुन १२ गतेबाट अनसन बस्न लागेका हुन् । डा. केसी खासगरी असार साउन, असोज कात्तिक र फागुन चैतमा अनसन बस्ने गर्नुभएको छ ।

उहाको पहिलो मागमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् भन्ने छ । दोस्रो मागमा विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनिएको छ ।

प्रकाशित मिति February 2, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस