खुसिको खबर: अविवाहित महिला र एकल पुरुषले मासिक ५०० भत्ता पाउने [सक्दो सेयर गर्नुहोस]

दैलेख ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन । गाउँपालिकामा रहेका एकल पुरुषले पटक-पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा

कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन । उनीहरुलाई मासिक ५००

रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय

गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। ‘भत्ता ६/६ महिनामा वितरण गरिनेछ’ अध्यक्षले भने । त्यसैगरी विवाह नगरि बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष

मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ। हामिले यो खबर पाथिभरा न्युज खबर बाट लिएका हौ ।

प्रकाशित मिति February 2, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस