संसद पुनर्स्थापना नभए न्यायाधीशलाई थुतेर जनताले सडकमा ल्याउँछन: रामकुमारी झाँक्री

सिन्धुली ।

संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने रामकुमारी झाँक्रीले चेतावनी दिएकी छन । नेपाल कम्युनिस्ट पार्टी नेकपा

घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा आज(मंगलबार) प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्व आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय

सदस्य झाँक्रीले यस्तो चेतावनी दिएकी हुन । जनता एकताबद्ध भएर ज्ञानेन्द्रलाई राजाबाट हटाएको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा सजायस्वरूप राजनीतिक

मृ त्यु द ण्ड दिनुपर्ने बताएकी हुन । झाँक्रीले यसअघि पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यस्तै चेतावनी दिइसकेकी छन । संसद पुनःस्थापना गरेर ओली र राष्ट्रपति

विद्या भण्डारी नसच्चिए दुवैलाई देश निकाला गर्नुपर्ने उनले बताइन्। कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, राजन दाहाललगायतको उपस्थित थियो ।

प्रकाशित मिति February 2, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस