बैशाखमा चुनाव हुँदैन, मंसिरमा देश अर्कै शक्तिको हातमा पुग्छ: देउवा

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुलुक अहिले दुई ध्रुबमा विभाजित बनेको छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा बाहेक अन्य सबै राजनीतिक दल सडक आन्दोलनमा होमिएका छन । तर, नेपाली कांग्रेसभित्र आन्दोलनको विषयमा मतैक्यता छ । वरिष्ठ नेता रामचन्द्र पौडेल

सशक्त आन्दोलनको पक्षमा छन भने सभापति देउवा ओलीको दकमप्रति केही नरम देखिएका छन । कांग्रेस सपभाति देउवाले प्रतिनिधिसभा विघटनका विषयमा आफू निकट नेताहरुसँग विश्लेषण गर्न थालेका छन । देउवाले आफू निकट नेताहरुसँग वैशाखमा चुनाव हुन नसक्ने निष्कर्ष सुनाएका हुन । देउवाले

आफू निकट केन्द्रीय सदस्यलाई सुनाएको विश्लेषणको संपादित अंश प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्रको विवादका कारण हठात प्रतिनिधिसभा विघटन गरे, यो संविधान अनुसार गलत छ। अहिले नेपाली कांग्रेस ओलीको कदम विरुद्ध आन्दोलनमा होमिएको छ । तर आन्दोलन गर्दा कांग्रेसजस्तो पार्टीले धेरै

विषयमा विचार पुर्याउनुपर्छ । पार्टीभित्रै साथीहरुले ओलीको कदमप्रति सभापतिको समर्थन रहेको आरोप लगाएको सुन्छु, त्यो सरासत गलत हो। आन्दोलन हामीले गरिरहेकै छौं । अहिले नै निर्वाचन भएन भने यसो गर्छौं वा अदालतले यसो गरे यसो गर्छौं भन्दा अदालतलाई तर्साउने काम हुन्छ, त्यो गर्नु हुँदैन ।

सबै पार्टी इमान्दारिताका साथ निर्वाचनमा भाग लिन सहमत भएपनि कानुन मिचेर ऐनलाई संशोधन गरेर अध्यादेश ल्याएर गर्दा मात्रै निर्वाचन सम्वभ छ, अन्यथा नियमित प्रक्रियामा चुनाव वैशाखमा सम्भव छैन । अर्को मिति भनेको मंसिर हो । यो लामो समय हुँदा अब सडकमा आन्दोलन भयो, सडकले नै

केपी ओली फाल्ने अवस्था आयो भने केपी ओली, संविधान र व्यवस्था एकै पटक फालिन्छन् । रामचन्द्रजी प्रचण्ड– माधव नेपाल मिलेर संयुक्त आन्दोलन गरौं र केपी ओलीको असंवैधानिक कदमलाई घुँडा टेकाउँ भन्नुहुन्छ । अदालतले संसद व्युँतायो भने आनदोलनमा नै जाने हो । निर्वाचन भयो भने

निर्वाचनमा जाने हो । तर प्रचण्ड– नेपालसँग मिलेर आन्दोलन गर्ने भन्ने विषय जायज होइन। संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको हो । चुनावको परिणाम जे आएपनि लोकतन्त्रका लागि सबैभन्दा प्रतिवद्ध दल नपाली कांग्रेस नै हो । जनताले पनि मानेको विषय हो यो । अहिलेको निर्वाचन

कुन धरातलमा आएको छ भने संविधानलाई मास्ने र लोकतन्त्रको विधि र प्रक्रियामाथि प्रहार गरेर निर्वाचनको मिति घोषणा भएको छ । त्यसकारण नेपाली कांग्रेस जस्तो पार्टीले आफूलाई फाइदा हुन्छ भन्दैमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई मूल्य चुकाएर आफूलाई फाइदा हुन्छ भनेर जाँदा

भोलि आफूलाई बेफाइदा हुने त्यस्तै आक्रमण भयो भने फेरि सडकमा निस्किँदा कुन नैतिकता र साहसले निस्किने भन्ने एउटा प्रश्न छ । अर्को सैद्धान्तिक प्रश्न के पछि छ भने केपी ओलीलाई जहिले आफ्नो बहुमत आउँछ भन्ने लाग्छ त्यतिबेला निर्वाचन गराउँछन । र, उनले साम, दाम दण्ड भेद सबै

अपनाएर आफूले बहुमत ल्याउने अवस्थामा बाहेक निर्वाचन गराउँदैन्न। त्यसो हुनाले यो वैशाखमा होइन, अरु दुई तीन वर्षसम्म पनि निर्वाचन नहुन सक्छ । तर, वैशाखमा चुनाव नभएपछि सडक आन्दोलन चर्किन्छ र त्यसले ओलीलाई घुँडा टेकाउँछ अनि मात्र निर्वाचन हुन्छ। अनि कांग्रेसको बहुमत

आउँछ, आखिर ८ महिनाको ढिलो चाँडो त हो नि ! वैशाखमा निर्वाचन किन हुँदैन भने प्राविधिक रुपमा निर्वाचन आयोगलाई जति दिन चाहिने हो, त्यति समय त अब बाँकी छैन। सबै पार्टी इमान्दारिताका साथ निर्वाचनमा भाग लिन सहमत भएपनि कानुन मिचेर ऐनलाई संशोधन गरेर अध्यादेश

ल्याएर गर्दा मात्रै निर्वाचन सम्वभ छ, अन्यथा नियमित प्रक्रियामा चुनाव वैशाखमा सम्भव छैन । अर्को मिति भनेको मंसिर हो । यो लामो समय हुँदा अब सडकमा आन्दोलन भयो, सडकले नै केपी ओली फाल्ने अवस्था आयो भने केपी ओली, संविधान र व्यवस्था एकै पटक फालिन्छन ।

प्रकाशित मिति February 1, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस