ब्रेकिङ न्युज: “नारायणहिटीबाट हिन्दुराज्य घोषणा गर्दै प्रधानमन्त्री ओली” पूरा पढनुहोस

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २३ गते हिन्दुराज्य घोषणा गर्नसक्ने खुलासा प्रचण्ड–माधव समुहका नेता सुरेन्द्र पाण्डेले गरेका छन । उक्त दिन ओली समुहले बाग्मती प्रदेश

कमिटीको आयोजनामा प्रतिनिधिसभा बिघटन पछि चुनावको तयारी बारे आफनो धारणा सार्वजनिक गर्न लागेको छ । सोही दिन प्रधानमन्त्री ओलीले मुलुकबाट धर्म निरेपक्ष राज्य खारेज

गर्दै हिन्दु राज्य घोषणा गर्नसक्ने सुचना आफुले पाएको जानकारी दिएका छन । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको असंवैधानिक कदमको बिरुद्ध नेकपाको प्रचण्ड

नेपाल समुहले निरन्तर आन्दोलन गरेर खवरदारी गरिरहेको छ । आइतवार काठमाडौंको माइतीघर मण्डलामा आयोजित बिरोध र धर्ना कार्यक्रममा बोल्दै पाण्डेले यस्तो खुलासा गरिदिएपछि

संवैधानिक राजतन्त्र र हिन्दु राज्यको माग गर्दै आइरहेकाहरु भने उत्साहित हुनपुगेको बताइएको छ । २३ गतेको कार्यक्रमा राजावादीहरुको ब्यापक उपस्थिति रहने अनुमान पनि भइरहेको

छ । उसो त कार्यक्रम पनि नारायणहिटी दरवार संग्रहालयको दक्षिणी भागको सडकमा गर्न लागिएको छ । सभालाई प्रधानमन्त्री ओलीले बिहीवार संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति February 1, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस