ढुक्क हुनुहोस अबको चुनाब कांग्रेसले जित्छ फरक जाँदैन: बामदेब गौतम

काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् । बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा

आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले आगामी निर्बाचन कांग्रेसले जित्ने भविष्यवाणी गरेका हुन । उनले भने, ‘अघिल्लो निर्वाचनमा हामीले ४३ लाख मत प्राप्त गर्‍यौँ । नेपाली कांग्रेसले ३० लाख प्राप्त

गरेको थियो । नेकपा फुटेर निर्वाचनमा जाँदा साढे २१ लाख भोट हात पर्छ, यो तथ्यांक केही यताउति पर्न सक्छ । तर यो भोटले निर्वाचन जितिँदैन । पराजित हुने विकल्प छैन ।’ गौतमले केही नेताले एक्लै निर्वाचनमा बहुमत ल्याउने भनेर

गरेको दाबी पनि गलत साबित हुने बताएका छन् । कांग्रेसले पहिल्यै ३० लाख मत ल्याएकाले अब झन बढाउने गौतमको भनाइ थियो । बामदेब गौतमले घोषणा गरेको एकता अभियानमा संयोजक गौतम आफैं छन्भ । ने सहसंयोजक

केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् । नेकपा बिभाजन देखीनै गौतमले पार्टी एकतामा जोड दिदै आएका छन ।

प्रकाशित मिति February 1, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस