धेरै चुरुफुरी नगर्नुहोस लोडसेडिङ कुलमानले होइन, मैले अन्त्य गरेको हु: मन्त्री रायमाझी

नेपाल ।

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले कुलमान लाई आफूले ल्याएकाे बताएका छन् । यसअघि मन्त्री भएकाे प्रयासका कारण लाेडसेडिङ हटेकाे उनदे दावी गरे । पहिले विद्युत नपुगेर लोडसेडिङ्ग गर्ने अवस्थाबाट अहिले कता

हालौं भन्ने स्थितीमा पुगेको पनि उनले दावी गरे । गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमान घिसिङलाई आफूले ल्याएको दावी गरे । ‘कुलमानजीलाई मैले ल्याएर ठिक्क

पारेको हुँ, उनले भने,‘मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो ।’ थुप्रै जलविद्युत आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै उनले ट्रान्समिटर लाईन नहुँदा विद्युत खेर जाने अवस्थामा रहेको बताए । उर्जा

क्षेत्रसंग सम्बन्धित एमसिसी परियोजना परिमार्जनसहित लागु हुनुपर्ने उनले बताए । हित विपरितका बुँदा हटाएर एमसिसी लागु गर्दा नेपाललाई फाईदा पुग्ने उनको धारणा छ । फरक प्रसंगमा बोल्दै उनले ओली सरकारले ताजा जनादेशमा जाने

गरेको निर्णय अग्रगामी कदम रहेको बताए । देशलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्री ओलीले यो कदम चालेको र यो निर्णय संविधान सम्वत रहेको उनले बताए ।

यो खबर कस्तो लाग्यो आँफ्नो कुनै सल्लाह सुझाब वा प्रतिक्रिया भए हामिलाई तल दिइएको कमेन्ट बकस मा कमेन्ट गर्नुहोला । साथै यो खबर लाई सक्दो सेयर गरि

सबै माझ पुर्याउनुहोस । यो पेज मा गएर तुरुन्तै लाईक गर्नुहोला हामिले हालिएको खबर तँपाईको मोबाइल मा छिटोभन्दा देखिनेछ । धन्यवाद ।।।

प्रकाशित मिति January 29, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस