निर्मलाको न्यायको लागी आधा रातमा दिप प्रजलन, सपनाले थाम्न सकिनन (भिडियो सहित)

यो समाचार को भिडियो तल हालिएको छ । भिडियो हेर्न तल जानुहोला । अर्को बहुप्रतीक्षित आयोजना हो, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना । ४ सय ५६ मेगावाटको यो आयोजना २०६७/६८ देखि सुरु भई २०७२/७३ मा सक्ने लक्ष्य थियो । आयोजना अहिले अन्तिम चरणमा छ । तर अझै

सकिएको छैन । यसको भौतिक प्रगति ९९ दशमलव ८ प्रतिशत छ । चैतबाट विद्युत् परीक्षण गर्ने योजना रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ बताउँछन् । ‘कोभिड महामारीका बेला पनि हामीले काम गर्दै गयौं, यसका बाबजुद पनि प्राविधिक समस्या आइपरे,’ उनले भने, ‘त्यसको पनि

विकल्प खोजेर काम गरिरहेका छौं ।’ चैतसम्म पूर्ण जडानको काम सकेर परीक्षण गर्ने योजना रहेको उनको भनाइ छ । गौरवका आयोजनामा पुरानो हो, लुम्बिनी क्षेत्र विकास कोष । यहाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माण गर्ने लक्ष्यसाथ २०४२ सालमै योजना अघि सारिएको हो । तर आयोजना अझै सकिएको

छैन । हुलाकी राजमार्ग निर्माण सुरु भएको पनि दशक नाघ्यो । समयअवधि सकिन दुई वर्ष बाँकी छँदा भौतिक प्रगति ५७ प्रतिशत मात्र छ । आर्थिक वर्ष २०७९/८० भित्र आयोजना निर्माण सक्नुपर्ने छ । २०६६/६७ बाट सुरु आयोजनाको वित्तीय प्रगति ५७ दशमलव ७ प्रतिशत छ । अहिलेसम्म ३७ अर्ब ५४

करोड ३६ लाख ७० हजार रुपैयाँ खर्च भइसकेको छ ।
गौरवका आयोजनामध्ये केहीले भने आशा जगाएका छन् । गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम लकडाउनमा पनि रोकिएन । जति जनशक्ति उपलब्ध थिए, त्यतिबाटै काम अघि बढ्यो ।

यति बेला चीनबाट प्राविधिक आइनपुग्दा भने उपकरण जडानका काम रोकिएका छन् । तोकिएको समयमा भने यो आयोजना नसकिने निश्चितप्रायः छ । गौतमबुद्ध विमानस्थलको अहिलेसम्मको भौतिक प्रगति ९४ र पोखराको ६८ प्रतिशत छ । पोखरामा पनि चिनियाँ कामदार नआउँदा काममा तीव्रता दिन

कैलालीको साविकका आठ गाविसको २० हजार ३ सय हेक्टर कृषीयोग्य भूमिमा सिँचाइ पुर्‍याउने र ४ दशमलव ७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित २०६७/६८ बाट रानी जमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको हो । ४९ प्रतिशत प्रगति रहेको आयोजनाको लागत अनुमान २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ छ ।

त्यसपछि दोस्रो तहमा १८ हजार हेक्टर क्षेत्रफलमा काम गर्ने योजना छ । आर्थिक वर्ष २०८०/८१ मा आयोजना सक्ने लक्ष्य छ । ‘तोकिएको समयमा सक्न हामी प्रयासरत छौं,’ आयोजना निर्देशक केदारकुमार श्रेष्ठले भने, ‘मुख्य नहरको काम सकिएको छ ।’

प्रकाशित मिति January 29, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस