मेरा आंफ्नै बुवा त भर्खर बुढो हुन थाल्नुभयो, मेरो त कुरै नगर्नुस: प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो बुवा नै भर्खर बुढोबुढो हुन थालेकाले आफू अझै बुढो नभएको बताएका छन् । बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा

सम्बोधन गर्दै ओलीले आफूलाई कमजोर नठान्ने आग्रह गरे । पार्टी एकता गर्दा ‘केपी ओली बिरामी छ, मरिहाल्छ, आफ्नै भागमा आउँछ’ भन्ठानेका थिए रे भन्ने सुन्छु’, उनले भने,

‘मर्न त केपी ओली मर्छ। मेरो बुवा बल्ल बुढो हुन थाल्नुभयो भने मेरो कुरै नगर्नुस् । मेरो बुवा नै भर्खर बुढोबुढो हुनुहुन्छ। दुई चार किलोमिटर अहिले नै खुइँखुइँती हिँड्नुहुन्छ । दुई

चारपल्ट अपरेसन गर्‍यो, नयाँ दुइटा किड्नी लगायो, चारवटा किड्नी बोकेर हिँडेको छ भनेर आजको जमानामा कसैले कमजोर छ भन्ने ठानेको छ भने भ्रम हुन्छ ।’ ओलीले प्रचण्ड माधव नेपाल जाँदैमा पार्टी कमजोर नभइ शुद्धीकरण भएको तर्क गरे ।

प्रकाशित मिति January 29, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस