निरङकुश फाल्न मेरा छोरा छोरीहरु जंगलमा बन्दुक लिएर हिँडथे, त्यो मेरो दोष हो ? प्रचण्ड

काठमाडौ ।

मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूले देशलाई शान्ति र समृद्धिको

बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले

प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका हुन् । दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेऱ्यो भनेर अपमानित गरेको पनि बताए । आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई

मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो ?’ भनेर प्रश्न सोध्ने गरेको पनि दाहालले बताए । दाहालले सभामै यसबारे प्रस्ट पार्दै भने, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न

अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’

त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको गुनासो गरेका छन् । दाहालले भने, ‘म तपाईँहरुसँग न्याय चाहन्छु । केपी ओलीले अत्याचार गर्न खोजे शान्ति र समृद्धिको नयाँ

युगतिर लैजान पहल गऱ्यो, जसले त्याग र बलिदानीको कीर्तिमान बनायो त्यसको हुर्मत लिने त्यसलाई ह्युमिलियट गर्ने अपमानित गर्ने ? तर राजामहाराजा र तिनका दलालहरुलाई चाहिँ सम्मान गर्ने सही हो । म तपाईंहरुसँग प्रश्न गर्न चाहन्छु के मैले गल्ती गरेको हो ?’

दाहालले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर के मैले गल्ती गरेको हो ? छोराछोरी भएपछि बिहेबारी हुन्छ, ज्वाइँ हुन्छन्,’

दाहालले भने, ‘धर्म छोराछोरी भन्दै कोचाउनेचाहिँ सही हो ? जसलाई मन लाग्यो त्यसलाई आफ्ना हनुमानहरुलाई आफ्ना छोराछोरी भन्‍नुमात्रै सही हो ?’ आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै दाहालले अगाडि भने, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’

प्रकाशित मिति January 29, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस