राजतन्त्र र हिन्दु धर्म फर्काउन बल लगाउँदै ओली: राप्रपा समेत ओलीकाे पक्षमा

काठमाडौं ।

जनआन्दोलन भाग दुईले निरकुंश राजाको शासन सत्ता खोसेको मात्र थिएनकि उनको शिरबाट श्रीपेचसमेत खोलिदिएर सर्वसाधरण नागरिकसरहको हैसियत र दर्जामा ल्याइदिएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुलाई जसरी पाखा लगाउँदै शासन सत्ता आफनो हातमा लिएर निरकुंशता लादेका

थिए त्यही सिको र झ–झल्को प्रधानमन्त्री ओलीले अहिले नेपाली जनतालाई दिइरहेका छन । गत पुस ५ गते दुई तिहाई जनमतको अपमान गर्ने काम भयो । आफु त्यही जनमतको बलमा प्रधानमन्त्री बनेको बिषयलाई उनले चटक्कै भुलेर संसदलाई हठात र निमेश भरमा नै बिघटन गर्न पुगे । त्यसमा

उनलाई जन–प्रतिनिधीमुलुक संस्था संसदलाई बिघटन गरेर चुनावको मिति घोषणा गरेका छन । तर यो घोषणालाई प्रधानमन्त्री ओली बाहेक मुलुकका अन्य सवै राजनीतिक दलहरुले बिरोध गरिरहेका छन । राजनीतिक दलहरुको भनाई छ ‘अहिलेको आवश्कता चुनाव होइन, प्रतिनिधीसभा

पुर्नस्थापना माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन । अहिले पक्ष बिपक्षमा बहस चलिरहेको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शसशेर जवरासहित न्यायाधीशहरु सपना मल्ल प्रधान, तेजबहादु केसी, अनिलकुमार सिन्हा र बिश्वभरलाल श्रेष्ठ सम्मिलित संवैधानिक इजलाशबाट भइरहेको छ ।

पुर्व ज्ञानेन्द्र शाहाले त्यसवेलामा अहिले प्रधानमन्त्री ओलीले झै गरी राजनीतिक दलहरुलाई अल्मलाउनको लागि निर्वाचन घोषणा गरैकै थिए । मुख्य राजनीतिक दलहरुले भाग लिएनन तर सिमित नेपाली जनताले मात्र भाग लिएका थिए । सिमित राजनीतिक दल बिदेशीहरुलाई देखाउन र कसैको स्वार्थ पुर्ति गर्न देखावटी रुपमा भए पनि चुनाव गराइयो ।

केवल राजाका वरिपरिका गणेशमण्डलीहरुले भाग लिएको चुनावलाई तामझाका साथ ठुलै रुपमा प्रचार प्रसार गराइयो । सरकारी संचारमाध्यमहरुको त्यो बेलामा चरम दुरुपयोग गरियो । चुनाव गरेको ठुलै तमासा र तामझाम पनि भयो । तर त्यो नाटकले धेरै दिन र समयसम्म बैधानिकता पाउन सकेन ।

अहिले प्रधानमन्त्री ओलीले पनि यस्तै शैलीको अनुसरण गर्दैछन र गरिहेका छन । गत माघ ६ गते प्रचण्ड–नेपाल समुह निकटको प्रेस संगठन नेपालले आयोजना गरेको राष्ट्रिय भेलामा सरकारी निकायमा काम गर्ने कुनै पनि पत्रकारलाई सो कार्यक्रममा नजान र समाचार नलेख्न उर्दी नै जारी गरिएछ ।

त्यसको दुईदिन पछि प्रधानमन्त्री निकट पत्रकारहरुको कार्यक्र राष्ट्रिय सभामा आयोजना भयो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीससहित अरु पाँचजना मन्त्री दिनभर बसे । आफनो समुहमा लाग्न र सरकारको पक्षमा लेख्न र प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीले निर्देशन नै जारी गरे ।

आफनो पक्षमा समाचार नलेख्ने र आफनो कदमलाई असहयोग गर्ने मिडियाहरुलाई तथानाम गाली गर्दै नर्क लोकको यात्रा को कुरा गर्न प्रधानमन्त्री ओलीले भ्याए । प्रधानमन्त्री र उनका मन्त्रीहरुको अहिलेको भाषण सुन्दा पुर्व राजाको शासन शैलीबाटै सिको गरेको र त्यसरी नै अगाडि बढन खोजेको प्रस्ट हुन्छ ।

पुर्व राजा यसरी र यही शैलीमा एक्लै हिंडन रहर गर्दा र हिंडदा उनको पतन भएको थियो । अहिले प्रधानमन्त्री ओलीले ठयाक्कै त्यही शैली र झ–झल्को दिनेगरी एकपछि अर्को प्रतिगमनकारी कदम चालेका मात्र छैनन कि क्रियाकलाप र गतिबिधिहरु पनि त्यसरी नै अगाडि बढाइरहेको घटनाक्रमहरुले बताइरहेका छन ।

प्रधानमन्त्री ओलीले तीनवर्ष अगाडि मुलुकको बागडोर संहालेपछि आफनो समुह र कोटरीबाहेक अन्य नेता, कार्यकर्ता र आम नागरिकलाई सौतेनी व्यवहार प्रदर्शन गर्दै आइरहेका छन । पार्टी भित्रका नेताहरुले आफुलाई सहयोग गरेको रिस उनले प्रतिनिधीमुलक संस्थालाई बिघटन गरेर पोखे । उनले चालेको

यो बाटो निरकुंश, अलोकतान्त्रिक र जनबिरोधी छ भन्दा उतियुक्ति नहोला । जनताको नाममा शपथ लिएका प्रधानमन्त्री ओली अव र्धमकर्मतर्फ लागेको कुरा सोमवार पशुपतिनाथ पुगेर पुजाआजा गर्नुले पनि पुष्टि गरेको छ । जनतामा जानको लागि निर्वाचन घोषना गरेको भएपनि उनले भारत र नेपालकै हिन्द

धर्म पक्षधरहरु जनताको मन जित्नको लागि त्यसो गरेको हुनसक्ने जानकारहरुको भनाई छ । प्रधानमन्त्री ओली राजतन्त्र र हिन्दु धर्म फर्काउन बल पुरर्याउने गरी काम गरिरहेका छन । त्यसै कारणले अहिले पुर्व राजावादी लगायत कमल थापाकाे राप्रपा समेत ओलीकाे पक्षमा खुलेर लागेका छन् ।

प्रकाशित मिति January 28, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस