मेलम्चीमा बिना मगरको सबैभन्दा धेरै प्रगति सक्दो सेयर गर्नुहोला

काठमाडौं ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी काम भएको देखिएको हो ।

इटालियन कम्पनी सिएसीले बिचमा काम छोडेपछि पूर्वमन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण मगरकै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न हुन सकेन ।

तर, मन्त्री मगरको कार्यकालमा मेलम्चीमा सबैभन्दा बढी प्रगति भएको छ । मेलम्ची खानेपानी विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदनमा पूर्वमन्त्री मगरको कार्यकाल मेलम्चीको निर्माण प्रक्रियामा उल्लेखनीय भएको चर्चा गरिएको छ ।

विभिन्न उपशीर्षक समेटेर तयार पारिएको ६० पेज लामो प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सबैभन्दा बढी प्रगति भएको देखिएको छ। मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि हेडवर्क्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएकोसमेत चर्चा गरिएको छ ।

के हो मेलम्ची आयोजना ?

मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको हो। सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको यस

आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९–२००० मा आयोजनाको बिस्तृत डिजाइन प्रतिवेदन तयार भएको आयोजनमा विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको छ ।

आयोजनामा दातृ निकायहरु बीचको तालमेल तथा शर्तहरुको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची

खानेपानी आयोजना सुरु भएको र कुल लागत अनुमान तत्कालीन अवस्थामा ४६४ मिलियन अमेरिकी डलर रहेको छ । सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गहरुको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवर्क्स एवं सुरुङ्ग निर्माणका कार्य सुरु भएको थियो ।

मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका शर्तहरु अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।

प्रकाशित मिति January 28, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस