हेर्दै जानुहोस अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं: प्रचण्ड

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन । सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले

माघ ९ गतेको प्रदर्शले ठूलो तरङ्ग ल्याएको र अब हुने प्रदर्शनलाई निर्णायक बनाइने बताए । उनले अबको प्रदर्शनले समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्ने समेत दाबी गरे । ‘काठमाडौंमा अस्ति (माघ ९) को भन्दा अझ ठूलो प्रदर्शन गर्नुपर्ने

आवश्यकता महशुस गरेका छौं । किनभने टाउको मै हान्नुपर्ने आवश्यकता देखियो । अस्तिको प्रर्दशनले ठूलो तरङ्ग गएको छ,’ उनले भने,‘अबको कार्यक्रमलाई अझ ऐतिहासिक, अझ भव्य, अझ विशाल, अझ व्यवस्थित गरेर र सिंगो राष्ट्र

झल्किनेगरी गनुपर्ने देखियो । मधेश झल्किने, हिमाल झल्किने, पहाड झल्किने, महिला, मुश्लिम सबै झल्किनेगरी हामीले एकचोटी सिंगो राष्ट्र उतार्ने सोचेका छौं । यो हाम्रो लागि जीवन मरणको सवाल भनेर आन्दोलन गर्नुपर्नेछ । एकपटक यसलाई निर्णायक बनाएर देखाउनुपर्छ ।’

प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौंमा गरेको सभालाई प्र्रधानमन्त्री केपी शर्मा ओलीले सानो गल्लीमा गरेको र्‍याली र वास्तविक र्‍याली कस्तो हुन्छ आफूहरु गरेर देखाउने बताएका थिए । सोही टिप्पणीको जवाफ दिँदै प्रचण्डले ओलीले जतिसुकै

ठूलो वा सानो र्‍याली गरेपनि त्यो पञ्चर्‍यालीभन्दा ठूलो नहुने दाबी गरे । ‘केपी ओलीले अस्ति हामीले गरेको सभालाई सानो गल्लीमा देखाएको सानो सभा मात्र रे, साँचो र्‍यालीकस्तो हुन्छ गरेर देखाउने भनेका छन । म के भन्न चाहान्छु भने, केपीले

जत्रो गरेपनि त्योे पञ्चर्‍यालीभन्दा ठूलो हुनेछैन,’ प्रचण्डले भने । साेमबार प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । यही माघ १३ गतेदेखि २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएकाे छ ।

प्रकाशित मिति January 26, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस