काठमाडौं ।
नेकपाको केपी शर्मा ओली पक्षले गरेकाे केन्द्रीय सदस्य थपकाे विषय राजनीतिक भएकाे नेता ईश्वर पोखरेलले बताएका छन । २३ गते सो पक्षले आयोजना गरेको सभाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहाल
‘प्रचण्ड’ र माधव नेपाल पक्षले गरेको निर्णयलाई आयोगले नचिनेको बताए । त्यसै सन्दर्भमा केन्द्रीय सदस्य थप्ने सो पक्षको निर्णयबारे सोधिएको प्रश्नमा उनले राजनीतिक कुरा भएको बताएका हुन् । ‘केपी ओलीले नेतृत्व गरेको नेकपाको
प्रथम अध्यक्षको नाताले उहाँले गरेका ती कुराहरु राजनीतिक हुन्। कानुनी रुपमा जरुरत पर्दा हामी यथोचित ढंगले प्रस्तुत हुन्छौं’, उनले भने । पार्टीमा विभाजन आएपछि ओली पक्षको केन्द्रीय कमिटी बैठक बसेर सुरुमा केन्द्रीय कमिटीको आकार
बढाएर एक हजार एक सय ९९ सदस्यीय पुर्याइएको थियो। पछि फेरि १५०१ बनाइएको थियो । पोखरेलले निर्वाचन आयोगले गरेको निर्णयलाई आफूहरुले सम्मान गर्ने बताए । ‘सकारात्मक ढंगले लिन्छौं। सुरुदेखि नै केपी शर्मा ओलीले
नेतृत्व गरेको नेकपाको तर्फबाट जे अडान राखिएको थियो । त्यसलाई बल पुग्ने हामीले देखेका छौं’, उनले भने । सो पक्षले माघ २३ गते काठमाडौंमा सभा गर्ने घोषणा गरेको छ ।
प्रकाशित मिति January 25, 2021