सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिने प्रक्रिया सुरु गर्यो ओली सरकारले सक्दो सेयर गर्नुहोस

काठमाडौ ।

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया थालेको छ । भूमि सम्बन्धी समस्या समधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचना अनुसार ३५ दिनभित्र सबै कागजात सहित

भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन पारित गरेको थियो । भूमिहीनलाई घडेरी उपलब्ध गराउने र जसले जुन जग्गा उपभोग गरिरहेका छन् सोही जग्गाको जग्गाधनी बनाउने नीति अनुरुप तराई,पहाड र हिमाली क्षेत्रमा अलग अलग मापदण्ड

तोकिएको छ । पहिलो चरणमा देशभरका १३२ स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरि सूचना प्रकाशित गरिएको छ । लामो समयदेखि बुटवलको मुख्य राजमार्गमा भोगचलन गर्दै आएका जग्गाधनीले लालपुर्जाको प्रमाणपत्र पाएपछि हर्षित भएका छन । लामो समयदेखि

जग्गाधनी प्रमाणपुर्जाको माग गर्दै आएकाहरुलाई मालपोत कार्यालय, बुटवलबाट पुर्जा वितरण गरिएको हो । चौँसट्ठी वर्षपछि बुटवलका १३५ जनाले भूमि भोगचलन गरेको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन । बहाल विटौली, कोदाले, आकडा जग्गा दर्ता समिति बुटवलका अध्यक्ष खेमप्रसाद लुइँटेलले

जग्गाधनी लालपुर्जा प्राप्त गरेपछि भूमिसुधार मन्त्री विक्रम पाण्डे, पूर्व भूमिसुधार मन्त्री दलबहादुर राना र एमाले उपमहासचिव विष्णु पौडेलले गरेको सहयोगप्रति बधाई ज्ञापन गरे । सरकारले १८४ जनालाई जग्गाधनी लालपुर्जा वितरण गर्ने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाका वडा नं ६, ७ र ८ का बहलवाला विटौली, कोदालेले मात्र जग्गाधनी लालपुर्जा पाएका छन् भने बाँकी अन्यले पछि लालपुर्जा पाउने छन् ।

प्रकाशित मिति January 25, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस