कतारले नेपाललाई हेप्यो आखिर किन ? पूरा पढनुहोस

काठमाडौं ।

नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रुपमा नेपाली युवा लैजान थालेका छन् ।

म्यानपावर कम्पनीसँग मिलेमत्तोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरुलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो ।

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रुपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो ।

वैदेशिक रोजगार विभागकमा महानिर्देशक कुमार दाहालले कतार सरकारले नेपाललाई हेपेको बताए ।

युवालाई भारतीय बाटो हुँदैं कतार धमाधम पठाइरहेको सूचना प्राप्त भइरहेको छ । यो सरारसर गलत काम भयो । कतारले नेपाललाई हेप्यो, उनले भने, ‘कतारबाटै श्रम सम्झौता उल्लघंन भयो ।

यसले हामीलाई निकै दुखित बनाएको छ ।’ विभागले अवैध रुपमा कतारी प्रहरी सेवामा जानेहरुको रेकर्ड राख्न थालेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति January 25, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस