जंगली ‘प्रचण्ड’ लाई मान्छे बनाउन सकिएन : महेश बस्नेत

रुपन्देही ।

नेकपाका नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जंगली’ भएको बताउँदै सुर्धान नसकिएको बताउनुभएको छ । प्रचण्डलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले

जंगलबाट घरमा ल्याएर मान्छे बनाउन खोजे पनि नसकिएको उहाँको भनँई थियो । उहाँले भन्नुभयो, ‘उहाँलाई मान्छे बनाउने धेरै प्रयास गरियो, तर सकिएन ।’ आइतबार बुटवल

आयोजित कार्यकर्ता भेलामा बोल्दै बस्नेतले प्रचण्ड र माधवलाई दाम्लो चुढाएर भागेको गोरुको शंज्ञासमेत दिनुभयो । उहाँले भन्नुभयो,‘गोठमा वितण्डा मच्चाउने प्रचण्ड–नेपालरुपी

दुईटा गोरु दाम्लो चुडाएर भागेका छन्, अब कम्युनिस्ट आन्दोलन ठिक ढंगले अगाडि बढ्छ ।’ बस्नेतले केपी ओली कम्युनिष्ट आन्दोलनका फलाम र प्रचण्ड–नेपाल काठ भएको

टिप्पणी गर्नुभयो । वैशाख १७ र २७ गते हुने चुनावमा प्रचण्ड–नेपाल समूह पत्तासाप हुने पनि नेता बस्नेतको दाबी थियो । माधव नेपालले झण्डै सकिसकेको पार्टीलाई ओलीले

उचाइमा ल्याएको बस्नेतले बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद् विघटन नगरी राजीनामा दिएको भए कम्युिनष्ट आन्दोलन समाप्त हुने बताउनुभयो । श्रोत: चक्रपथ बाट साभार

प्रकाशित मिति January 24, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस