शाकाहारी आन्दोलनले भएन, एकपटक दह्रो लाठी खान मन छ: प्रचण्ड

काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले

सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्’ उनले अघि भने, ‘अब

शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।’ संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएको बताए । आन्दोलनको अग्रपंक्तिमा आफूसहितका नेताहरु रहने भन्दै प्रचण्डले भने,

‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ आन्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए । नेपाललाई प्रतिगमनतिर लगेर फइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो’ उनले भने ।

अनुहार नै चिन्न छाडेँ

प्रचण्डले मन्त्रीको लोभमा ओली समूहमा लागेकाहरुको अनुहार नै चिन्न छाडेको प्रतिक्रिया दिए । एक जना कार्यकर्ता नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री

हुन दौडिएको उनले बताए । ‘ती जोगीहरु देखेर मलाई त लाज लागेको छ’ उनले भने, ‘यति धेरै खरानी खसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’

प्रकाशित मिति January 24, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस