बधाई छ !!! कसैलाई थाहा नदिई बिहे गरेका गायक दुर्गेस थापालाई पुत्र लाभ

काठमाडौ ।

कसैलाई थाहा नदिई बिहे गरेका दुर्गेशलाई पुत्र लाभ
गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् ।

काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले बताए । उनले भने–‘आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।’ दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो ।

तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएन । पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले आफूहरुको सम्बन्धलाई सामाजिक संजालबाट खुलाउने प्रयास गरेका थिए ।

प्रकाशित मिति January 24, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस