अब ओलिको मुटु हल्लिने गरि डेढ लाख मानिस ल्याएर काठमाडौ अस्तब्यस्त बनाउछु: प्रचण्ड

काठमाडौं ।

नेकपाको अध्यक्ष पुष्पकमल दाहालले ९ माघमा बृहत् विरोध प्रदर्शनको अगुवाइ आफूले गर्ने र एकचोटि ला’ठी खा’न मन लागेको बताएका छन्। ‘मैले युवाहरूलाई पनि भनेँ आ’क्रामक भएर आउनुपर्‍यो। तपाईं विद्यार्थीहरू पनि त्यहीअनुसार आउनुपर्‍यो। ९ गते अलिकति म्यासेज्ली जाने गरी। अग्रपंक्तिमा

हामी हुन्छौं, अध्यक्ष दाहालले आइतबार आफूनिकट अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै भने, ‘हिजो गिरिजाबाबु अथवा माधव, झलनाथले लाठी खाएजस्तो किन–किन मेरो टाउको चिलाएको हो कि, मलाई लाठी खान मन छ, यो पटक। तपाईंहरु पछाडि हुनुहुन्छ र म अगाडि

हुन्छु। म त्यो स्पिरिटमा छु।’ दाहालले प्रतिक्रान्ति र प्रतिगमनविरुद्ध देशमा एकपटक फेरि आक्रामक र जुझारु प्रकारको आन्दोलनको आवश्यकता रहेको बताए। ‘हाम्रो आन्दोलन अलिक आवेगमय हुनुपर्‍यो, जुझारु हुनुपर्‍यो। अलि आक्रामक हुनुपर्‍यो’, उनले भने, ‘त्यो भेजिटेरियन जस्तो हुनु

भएन। बाघ र सिंह गर्जेजस्तो हुनुपर्‍यो। प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिने गरी आन्दोलन हुनुपर्‍यो। त्यस्तो आन्दोलन चाहिएको छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासलाई पूरै पछाडि धकेल्ने षड्यन्त्र गरेकाले त्यसविरुद्ध सशक्त आन्दोलनको आवश्यकता रहेको बताए। गणतन्त्र,

संघीयतालाई नै धरापमा पार्ने काममा प्रधानमन्त्री ओली लागेको उनले आरोप लगाए। ‘लम्पसारवादी उहाँ हो, हामी होइन, को–को विदेशी शक्तिसँग लम्पसार पर्नुभयो। एउटा शब्द धेरै सुनिन्छ, सेटिङ–सेटिङ भन्ने शब्द नै युवा विद्यार्थी साथीहरू एकदम डरलाग्दो छ। यो सेटिङ केपीका मान्छेले भन्दै हिँडेका

छन्। केपी ओली पनि धम्क्याउने, थ’र्काउने र गा’ली गर्ने गर्दै हिँड्नुभएको छ। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसलाई ओलीले गन्नेवाला नै छैनन्। शाकाहारी त हाम्रो पार्टीको कति भयो भयो’, उनले भने, ‘सचिवालयका ५ जना बैठक राखिदिनुस् भनेर गयौं, तोकादेश लगाएर महासचिवलाई

दिनुभयो। मन्त्रीले सचिवलाई तोकादेश लाउनेले त्यो शाकाहारी आन्दोलनलाई सुन्छन् भन्ने लाग्दैन।’ उनले सिंगो राष्ट्र अहिले प्रधानमन्त्रीको कदमको विरोधमा रहेको र त्यसलाई एकीकृत गर्न आफूहरूले आन्दोलनको नेतृत्व गर्ने बताए। उनले भने, ‘तपाईंहरूको टाउको रक्षाका लागि म आफ्नो टाउको फु’टाउन तयार छु। तर, यो प्र’तिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन।’

प्रकाशित मिति January 23, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस